2022-09-10

फावनका सदस्यहरुलाई प्रमाण पत्र वितरण

काठमाण्डौ - नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन) ले पनि आफ्ना केही सदस्यहरुलाई  प्रमाण पत्र वितरण गरेको छ । 

स्वतन्त्र ट्रेड यूनियन महासंघ नेपाल (ईन्टुफ) का केन्द्रिय सदस्य तथा फावनका संयोजक एवं मानार्थ सदस्य समेत रहेका पिम नेपालका अध्यक्ष माधव राज खरेलको नेतृत्वमा समापन भएको उक्त कार्यक्रममा अभिनेता गजित विष्ट, निर्देशक ऋषि लामिछने,  संगीतकार दिपक शर्मा, गायिका सुजाता के.सीलाई मानार्थ सदस्य प्रदान गरिएको थियो भने गीतकार डब्बु क्षेत्री, चलचित्र  विकास वोर्डका अर्काईभिष्ट एवं अन्तराष्ट्रिय सुचना अधिकारी चिरञ्जिवी गुरागाईलाई सल्लाहकार सदस्य, चलचित्र पत्रकार एवं चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुलीलाई सदस्य एवं प्रेस सल्लाहकार तथा गायक पुर्ण राई, मोडल अभिनेता सागर घिसिङ तामाङ र कोरियोग्राफर अजय स्याङ्तानलाई सदस्यततको प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले प्रदान गरेका थिए । 

 

कार्यक्रममा फावनका बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, महासचिव राजन थापा, कोषाध्यक्ष कमला जोशी, सह कोषाध्यक्ष प्रवण भुषाल, सदस्य कृष्ण भट्टराई, सल्लाहकार व्याकुल माईला, मानार्थ सदस्य मोहन निरौला, शान्तिप्रिय लगायतको सहभागिता रहेको थियो । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन स्वतन्त्र ट्रेड यूनियन महासंघ नेपाल (ईन्टुफ) को राष्ट्रिय संघहरु मध्येको एक हो । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को तेश्रो वार्षिकोत्सवको अवसरमा फावनले आफ्ना सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रमको संयूक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो ।