2023-03-23

नेपाल चलचित्र तथा कालकार श्रमिक संगठनका मानार्थ सदस्य निरौला कलाकार संघको अध्यक्षमा विजयी

काठमाडौँ – नेपाल चलचित्र कलाकार तथा श्रमिक संगठनका मानार्थ सदस्य, चलचित्र लेखक तथा निर्देशक मोहन निरौला नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा  विजयी भएका छन ।  शनिवार चैत्र ४ गते काठमाडौँमा भएको संघको १९ औं महाधिवेशनबाट प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पराजित गर्दै उनि निर्वाचित भएका हुन् । खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।

२०४५ सालमा यो संस्था स्थापना हुँदा देखि सक्रिय उनले यसअघि महासचिव, उपाध्यक्ष लगायतका पदमा रहेर काम गरेका थिए ।  दुई उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए भने महासचिवमा सबिन श्रेष्ठ विजयी भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह-कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।त्यस्तै, सदस्यमा शितल केसीले सर्वाधिक ३०२ मत प्राप्त गरि विजयी बने भने गोपाल ढकाल ‘छन्दे’, उद्दव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भए ।  निर्वाचनमा कुल ४६ जनाको उम्मेदवारी परेको थियो भने सह-कोषाध्यक्ष पदका उम्मेदवार रोहित रुम्बाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएकी थिइन् ।

 नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन परिवार यस संगठनका मानार्थ सदस्य तथा  नेपाल चलचित्र कलाकार संघको नव निर्वाचित अध्यक्ष मोहान निरौला र  हाँस्यकलाकार सदस्य गोपाल ढकाल छन्देलाई हार्दिक बधाइ तथा आगामि कार्यकालको शुभकामना प्रदान गर्दछौं