काठमाण्डौ– नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका संस्थापक अध्यक्ष मुकेश भाटीले स्थापनाकाल देखी हाल सम्म यस संस्थाको श्रीवृद्धिको लागि महत्वपुर्ण येगदान दिनुभएको छ । वि सं २०६० सालमा स्थपना गरिएको यस संगठनले नेपाली चलचित्र, गीतसंगीतका क्षेत्रमा कार्यरत कलाकर्मी तथा श्रमिकहरुको हकहितका लागी विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
निकै नैे मिलनसार तथा मिहेनती भाटीले नेपाल ट्रेडयुनियन महासंघमा आवद्ध अन्य थुपै संगठनहरुका साथमा कलाकारिता क्षेत्रमा काम गर्ने कलाकमीहरु पनि मजदुर हुन र उनिहरुको हकहितको लागि बोल्ने संगठनको आवश्यकतालाई ध्यान दिनु पर्छ भन्ने उदेश्यले यस संगठनको स्थापनामा गरेका थिए । हाल नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनले नयाँ कार्यसमिति पाए संगै थप सक्रिय भएर आफ्ना कामकार्वाहीहरुलाई अगाडी बढाएको छ । यस संगठनमा चलचित्र गीतसंगीत मोडलिङ लगायतका विभिन्न क्षेत्रमा काम गर्ने कलार्कीहरु सदस्य बन्न सक्ने छन् ।