2022-01-04

चलचित्र निर्देशक तथा यस संस्थाका उपाध्यक्ष ऋषिराज आचार्यको चुरीफुरी रिलिज

काठमाण्डौ - चलचित्र निर्देशक तथा यस संस्थाका बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्यद्वारा निर्देशित फिल्म ‘चुरीफुरी’ शुक्रबार रिलिजको परम्परा धान्दै यहि पुस ९ गते शुक्रबार बाट देशभरका  हलमा  रिलिज भईरहेको छ । । ऋषिराज आचार्यद्वारा निर्देशित हास्य प्रधान फिल्मले युवा पुस्ताको कथा समेटेको छ ।

रविन्द्र झा, सुबोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्य लगायतको अभिनय फिल्म देख्न सकिन्छ । दीपक शर्माको संगीत, राहुल राईको छायांकन र नविन निरौलाको सम्पादन फिल्ममा छ ।

विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको ऋषिराज आचार्य र रीना ढकाल भण्डारी निर्माता हुन् । निर्देशक आचार्यकै कथा रहेको फिल्म दर्शकले खुब रुचाइरहेको निर्देशक आचार्यले बताएका छन् ।